फोटो फिचर

बडीबिल्डिङमा इतिहास रचेपछि मुस्कानसहित नेपाल फर्किइन् रजनी श्रेष्ठ

इन्डोनेसियामा सम्पन्‍न ५३औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स् च्याम्पियनसिपमा दुई पदक जितेर स्वदेश फर्किएकी रजनी श्रेष्ठ त्रिभुवन विमानस्थलमा अवार्ड देखाउँदै मुस्कुराउँदै। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौं-इन्डोनेसियामा सम्पन्‍न ५३औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्दै इतिहास रच्‍न सफल खेलाडी रजनी श्रेष्ठ स्वदेश फर्किएकी छिन्।

विज्ञापन

रजनी बिहिबार अपरान्ह स्वदेश फर्किएकी हुन्। रजनीसँगै अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी पनि स्वदेश फर्किएका छन्। बताममा भएको च्याम्पियनसिपमा रजनीले दुई फरक विधामा पदक जित्दै इतिहास बनाएकी थिइन्।

रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। यस्तै रजनीले ३० वर्ष वा सो भन्दा माथिको समूहमा पनि काँस्य पदक जित्दै इतिहास रचेकी थिइन्।

रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन्।

बिहिबार अपरान्ह स्वदेश फर्किएकी श्रेष्ठले देशको लागि पदक जित्दा खुशी लागेको बताइन् । उनले सञ्‍चारमाध्यमसँग कुरा गर्दै भनिन्,’अन्य देशको धेरै खेलाडि हुनुहुन्थ्यो।’

नेपालबाट एक जना मात्रको भनेर सोध्दा भने आफूलाई दु:ख लागेको बताइन्। मेडल र ट्रफीसँगै नेपाल र्फेकेकी उनी ओठमा मुस्कानसहित विमान स्थलमा देखिएकी थिइन्।

 

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्