३१७ रनको साझेदारी, दुवै ओपनरको सतक अनि मायांकको २१५ रन

नयाँ दिल्ली : दक्षिण अफ्रिकासँगको तीन टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलको पहिलो पाली भारतले पाँच सय २ रन जोडेर समाप्तीको घोषणा गरेको छ।

खेलको दोस्रो दिन बिहीबार भारतले सात विकेटको क्षतिमा पाँच सय २ रन जोडेपछि पाली समाप्तीको निर्णय लिएको थियो। भारतको पालीमा दुवै ओपनरले शानदार प्रदर्शन गरे। मायांक अग्रवालले दुई सय १५ र रोहित शर्माले एक सय ७६ रन जोडे।

विज्ञापन

यी दुईले पहिलो विकेटका लागि तीन सय १७ रनको साझेदारी गरेका थिए। मायांकको पहिलो टेस्ट सतक हो। चार टेस्ट खेल्नेक्रममा यसअघि उनले ३ अर्धसतक बनाएका थिए। उनले भारतको टीट्वेन्टी र एकदिवशीय टोलीबाट भने खेलेका छैनन्।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्