धनगढी प्रिमियर लिगको चौथौ संस्करण फागुन ३ देखि

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको चौथो संस्करण आगामी फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न सहरबाट ६ फ्रेन्चाइज टोलीको सहभागिता हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास विक्रम शाहीले जानकारी दिए।

विज्ञापन

डीसिएद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार प्रतियोगिता फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको तेश्रो संस्करणमा घरेलु टोली सिवाइसी अत्तरियाले उपाधी हात पार्दै नगद ३० लाख र ट्रफी हातपार्न सफल भएको थियो।

प्रतियोगिता धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चाल हुनेछ। नेपाल क्रिकेट एशोसियसनसँगको सहकार्यमा चौथो संस्करणको प्रतियोगिताका लागि मिति तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्