खोलामा डुबेर दुई किशोरीको मृत्यु

सांकेतिक तस्बिर

दाङ– दाङमा बिहीबार खाेलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

लमही नगरपालिका वडा नम्बर ९ बाङेताल निवासी कुमार घर्तीकी १४ वर्षीया छोरी टीका घर्ती र घोराही १० नारायणपुर बस्ने वर्ष १४ की निर्मला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

विज्ञापन

अपरान्ह साढे पाँच बजेतिर घर नजिकै रहेको खोलामा नुहाउन गएका उनिहरुकाे डुबेर ज्यान गएकाे हाे। निर्मला बोहोरा ठूलीआमाको घरमा आएकी थिइन्।

मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ।  टिका माध्यामिक विद्यालय अमिलियामा कक्षा ९ मा अध्ययनरत थिइन् भने निर्मलाले पनि नारायणपुरको विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएकाे छ।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्