मिर्गौला रोगीको उपचारमा समस्या

भेरी अञ्चल अस्पताल।

कोहलपुर – भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका रोगीलाई उपचारमा समस्या भएको छ । अस्पतालमा उपचारका लागि आवश्यक उपकरण नहुँदा उपचार गर्न समस्या भएको हो ।

यहाँका चार उपकरणमध्ये दुईवटा कामै नलाग्ने अवस्थामा छन् । अस्पतालमा बिरामीलाई एक ठाउँबाट अर्को ठाँउमा लैजान ‘ह्विल चियर’ समेत छैन । दक्ष जनशक्तिको अभाव छ ।

विज्ञापन

अस्पतालमा मिर्गौलाका बिरामीलाई डायलायसिस गराउन समस्या भएको छ । यसबारे अस्पताल प्रशासन र व्यवस्थापन पक्षले चासो देखाएको छैन । उपकरण अभावमा डायलायसिसका लागि पालो कुर्नुपर्ने अवस्था छ ।

डायलायसिस मेशिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि पटकपटक माग गर्दै आएको सो अस्पतालका डायलायसिस विभाग प्रमुख डा. पारस श्रेष्ठले बताए । “२३ जना मिर्गौला बिरामी पालो कुरेर बसेका छन्”, उनले भने ।

अहिले चार जनाले मात्र डायलायसिस गरिरहेका छन् । अन्य बिरामी पालो कुरेर बसेका छन् । “मिर्गौला रोगी महँगोमा निजी क्लिनिकमा उपचार गर्न बाध्य छन्”, उनले भने । अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञको अभाव छ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्