आज पनि वर्षाको सम्भावना, कहाँ कहाँ?

काठमाडौँ – देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास निम्न चापीय प्रणाली रहेको र अर्को निम्न चापीय प्रणाली भारतको पश्चिम बंगाल तथा बंगलादेश आसपास रहेकोले त्यसैको सामान्य प्रभाव नेपालको मौसममा पनि परेको महाशाखाले जनाएको छ ।

असोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्