काठमाडौंँका मेयर शाक्यलाई डेंगी संक्रमण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी संक्रमण भएको छ।

संक्रमणको आशंका लागेपछि बिहीबार त्रिपरेश्वरस्थित ब्लुक्रस अस्पताल गएका शाक्यलाई डेंगी संक्रमण रहेकाे परीक्षणबाट पुष्टि भएको अस्पातल स्रोतले देश सञ्चारलाई जानकारी दियो। मेयर शाक्य उपचारका लागि अस्पालमै भर्ना भएका छन्।

विज्ञापन

पछिल्लो दुई महिना काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा फैलिएको संक्रण नियन्त्रणमा आएको सरकारले दाबी गरे पनि फेरि देखिएको हो।

यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई समेत डेंगी संक्रमण भएको थियो।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्