कलाकारको दसैँ योजना: गर्लफ्रेण्डको परिवार भेट्नेदेखि ससुराली जानेसम्म

काठमाडौँ– दसैँ हर्सोल्लासको पर्व हो। नयाँ कपडा, आफन्त भेटघाट र अरु साँस्कृतिक कार्यक्रमले गर्दा दसैँलाई अझैँ स्मरणीय बनाउँछ। छुट्टीको हिसाबले पनि दसैँमा लामो बिदा हुने गर्छ।

त्यसैले लामो समयदेखि गर्नुपर्ने केही महत्वपूर्ण कामहरु दसैँका लागि सार्ने पनि गरिन्छ। यसै सन्दर्भमा हामीले केही नेपाली कलाकारसँग उनीहरुको दसैँ योजनाको बारेमा कुराकानी गरेका छौँ।

विज्ञापन

करिश्मा मानन्धर

मेरो हरेक वर्ष दसैँ सामान्य रुपमा बित्छ। खासमा हरेक वर्ष मेरो घरमा अष्ठमीको दिन साथीभाई जमघट अनि सेलेव्रेशन गर्ने गर्थ्यौँ। तर यो वर्ष उपयुक्त वातावरण बनेको छैन। तर साथीभाइ भेटघाट कार्यक्रम भने भइरहेको छ। हिजो आज भ्याएसम्म पुग्छु।

सानैबाट काममा लागेँ, काममा नै जीवन समर्पण गरियो। अहिलेसम्म मानेका दसैँमा मलाई एउटा दसैँ अति नै स्मरणीय भयो। सुखद् भन्दा पनि भावनात्मक रुपमा। त्यो बेला चलचित्र प्रतिक्षाको छायांकनको लागि हामी घान्द्रुकमा गएका थियौँ। कविता (छाेरी) जम्मा ८ महिनाको थियो, छोडेर हिड्दा मलाई धेरै गाह्राे भएको थियो।

यस बाहेकका अरु समयमा म आफ्नो परिवारसँगै दसैँ मनाइरहेको छु। विनोदले कुनै दसैँमा पनि मलाई एक्लै छोडेका छैनन्। त्यसैले म सबैलाई आफ्नो परिवारसँग दसैँ मनाउन आग्रह गर्छु। तपाईको दसैँ सुखद् रहोस्, देखावटीपनबाट टाढा रहौँ।

सौगात मल्ल

मेरो यो वर्ष अलि फरक अनुभव हुँदैछ। दसैँमा यो वर्ष म स्वदेश हुन्न होला। अरु वर्ष सामान्य रुपमा घर परिवारसँग मेरो दसैँको रमझम हुन्थ्यो। तर यो वर्ष म र सृष्टि लण्डन जाँदैछौँ। यसैको तयारी भइरहेको छ। अहिले तयारी गरिरहेका छौँ। हामी दुवै उत्साहित छौँ।

उपासना सिंह ठकुरी

दसैँ यत्तिकै रमाइलो हुन्छ। सबै परिवार साथमा भइन्छ। मेरो घर महेन्द्रनगर हो । हामी हरेक वर्ष दसैँ मनाउन जान्थ्यौँ। तर यो वर्ष चलचित्र प्रदर्शनको समय छ र म अझै प्रमोशनमा नै व्यस्त छु।

घरमा अरु अरु पनि काम छन्। त्यसैले यो वर्ष जिजुबुवा जिजुआमा यतै आउँदै हुनुहुन्छ। सानोमा जस्तै दसैँमा सपिङ गर्ने भइरहेको छ। तास खेल्ने गरेका छौँ। मलाई पारिवारिक भेटघाट कार्यक्रम सबैभन्दा मन पर्छ।

यो वर्ष पारिवारिक भेटघाट गर्ने योजनामा छु। म कुखुराको मासु मात्र खान्छु। अरु त सामान्य नै हो।

संजोग कोइराला

मेरो र वर्षाको यो वर्ष विवाहपछिको पहिलो दसैँ हो। एक परिवारमा मनाइरहेको दसैँ यो वर्ष दुईमा बाँडिएको छ। आफ्नो घरमा टीका सकेर सबै आफन्तलाई भेट्ने कार्यक्रम छ।

नयाँ विवाहित जोडिले पहिलोपल्ट केही मसला बोकेर जाने हाम्रो चलन छ, यो पूरा पनि गर्नु छ। हरेक संस्कारको विधि पूरा गर्छौँ।

यो वर्ष नयाँ अनभव हुँदैछ। पोहोरको भन्दा यो वर्षको दसैँ फरक हुन्छ। पहिला आफ्नै परिवारसँग मात्र हुन्थ्यो, घरमा जम्मा हुने, खानेकुरा खाने। अब यो वर्ष समय अलि प्याक हुन्छ जस्तो लागेको छ।

सानो हुँदा पिङ खेल्ने, तास खेल्ने गरिन्थ्यो। ठूलो हुँदै गएपछि यो सबै कम भइरहेको छ। तासमा फरास खेलिन्थ्यो र कहिलेकाहीँ म्यारिज पनि, तर भाग्यले साथ दिएकोले होला मैले जित्थे। तर तास खेल्न छुटेको आज ७ वर्ष जति भइसक्यो। त्यसपछिका दसैँमा हामी घुम्थ्यौँ तर यो वर्ष अलि समय नमिल्ला जस्तो छ।

केकी अधिकारी

कोहलपुर एक्सप्रेस
केकी अधिकारी।

मलाई यो पटक दुईओटा दसैँ आएको जस्तो भइरहेको छ। एउटा दसैँ र अर्को भनेको टीकाको दिनमा चलचित्र ‘छ माया छपक्कै’ चलचित्र प्रदर्शनमा आउँदैछ।

धेरै वर्ष भयो दसैँ काठमाडौँमा नै मनाउन थालिएको छ। मेरो मामाहरु पनि यतै हुनुहुन्छ। चलचित्र पनि यही समयमा प्रदर्शन हुने भएकोले यो वर्ष काठमाडौँ बाहिर गइँदैन।

सानोमा हामी दसैँमा विराटनगर जान्थ्यौँ। त्यहाँ दुर्गा भवानीको ठूलो–ठूलो मूर्तीहरु पूजा गर्न राखिएको हुन्थ्यो। यी भगवानका अस्थायी मूर्तिहरु सारै सुन्दर हुन्थे। अहिले त्यो भने याद आउँछ।

हिजो आज भने चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोशनमा छु। आवाज पनि बसेको छ। सबैलाई शुभकामना भन्न चाहन्छु।

आर्यन सिग्देल

दसैँको विषयमा म अलि अफ ट्र्याक छु। सानैबाट मलाई दसैँ खास जस्तो लाग्दैन। यो वर्ष छोराको बाबु बनेको छुँ। छोरालाई टीका लगाइदिने हो। उसैमा धेरै केन्द्रित हुनेछ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्