सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा

काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इंल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्। उक्त ड्राफ्टमा पर्ने सन्दीप एक मात्र नेपाली खेलाडि हुन्।

एक सय बलको खेल हुने उक्त क्रिकेट प्रतियोगितामा सन्दीप विदेशी कोटाबाट उक्त ड्राफ्टामा परेका हुन्। उनको मूल्य एक लाख पाउण्ड रहेको छ।

विदेशी कोटाबाट ‘द हन्ड्रेड’को ड्राफ्टमा परेका खेलाडिको न्यूनतम मूल्य १ लाख २५ हजार पाउण्ड र  एक लाख पाउण्ड ताेकिएकाे छ।

एक लाख पाउण्डको ड्राफ्टमा सन्दीपसँगै ग्लेन म्याक्सवेल, आन्द्रे रसेल, हरभजन सिंह, राखिद खान, शाकिब अल हसन लगायतका क्रिकेटर रहेका छन् भने १ लाख २५ हजार पाउण्डको ड्राफ्टमा क्रिस गेल, स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्वीनटन डि कक लगायतका खेलाडि छन्।

असोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्