कस्तो छ आजको मौसम पूर्वानुमान? पानी पर्छ कि पर्दैन?

काठमाडौँ – देशभर आज (शनिबार) पनि मौसममा आंशिक देखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने मौसमविदको भनाई छ ।

विज्ञापन

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास एउटा निम्न चापीय प्रणाली र अर्को निम्न चापीय प्रणाली बंगलादेश आसपास रहेकोले त्यसकै प्रभाव र स्थानीय वायुको समेत सामान्य प्रभाव परेकोले मौसममा बदली कायमै रहेको महाशाखाले जनाएको छ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू