दसैँमा चामल नपाइने भएपछि हुम्लाका बासिन्दा चिन्तामा

सिमकोट – नेपाल खाद्य सस्थानले ढुवानी अनुदानमा जनतालाई बिक्री बितरण गर्दै आएको खाद्यान्न हुम्लाका केही गाउँपालिकामा अझै पुगेको छैन ।
पाँचवटा गाउँपालिकामा स्थापना भएका खाद्य डिपो तथा बिक्री केन्द्रमा दसैँको बेला समेत खाद्यान्न नआउने भएपछि स्थानीय बासिन्दा निराश भएका छन् ।
संस्थानले समयमै टेण्डर आव्हान गरेर ढुवानीकर्ता कम्पनी छनौट गरेर सम्झौता गरे पनि हालसम्म खाद्यान्न पुग्न सकेको छैन । अब त दसैँमा समेत चामल नपाइने भन्दै स्थानीय बासिन्दामा चिन्ता थपिएको छ ।
मुगु र सुर्खेतबाट पैदल मार्ग हुँर्दै दुई हजार पाँच सय क्वीन्टल खाद्यान्न ढुवानीको व्यवस्था गरेर सप्लार्यसँग सम्झौता गरे पनि हालसम्म उसले खाद्यान्न नबुझेको कारण दसैँका बेला जनताले खाद्यान्न नपाउने सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए ।
अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्