महराविरुद्ध जबरजस्ती करणी प्रयासको किटानी जाहेरी दर्ता

काठमाडौँ – यौन दुराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध  किटानी जाहेरी दर्ता भएको छ । पीडित भनिएकी महिलाले शुक्रबार महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता गराएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

‘घटना भएको ६ दिनपछि लिखित उजुरी दर्ता भयो, अब औपचारिक रुपमा अनुसन्धान प्रक्रिया अगाडि बढ्छ’, प्रहरी श्रोतले भन्यो ।

गत आइतबार राति महरा ती महिलाको कोठामा गएको पीडितकाे आरोप छ।

सुरुमा यौन दुर्व्यवहार भएको आरोप लगाएकी महिलाले त्यसपछि भने बोली फेरेर आफूमाथि महराबाट कुनै दुर्व्यवहार नभएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । त्यसको केही समयमै पीडित महिलासँग उनका श्रीमानले सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया अगाडि बढाएको फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको बताए पनि जाहेरी नपरेको भन्दै थप अनुसन्धानका लागि प्रहरी अलमलमा परेको थियो । तर घटनाको छैठौँ दिनमा पीडित महिलाले लिखित उजुरी दर्ता गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई सजिलो भएको छ ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू