फाेटाे फिचर

दसैँका लागि ल्याइएका यी खसी–बोका

काठमाडाैँ– सप्तमी अर्थात फुलपातीसँग दसैँको रौनकले सबैतिर छोएको छ। बिदा सुरु भएको छ। प्रायः घरहरुमा मीठा परिकार बनाउने क्रम सुरु भएको छ।

दसैँका बेला मासुका परिकार विशेष रुपमा बनाइने गरिन्छ। त्यसका लागि खसी–बोका, भेडा–च्याङ्ग्रा, राँगा, कुखुरालगायतका पशुपंक्षीहरु सामान्य समयमा भन्दा बढी काटिन्छन्।

विज्ञापन

मासुका लागि देशका विभिन्न स्थानबाट ल्याइएका खसी बोकाको व्यापार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भइरहेको छ । कलंकीको खसी बजारसहितका ठाउँ काठमाडौँ उपत्यकामा खसी–बोका बिक्री हुने मुख्य स्थान हुन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कलंकी खसी बजारमा दसैँका लागि ल्याएका खसी–बोका तथा भेडा–च्याङ्ग्राको तस्बिर खिचेका छन् ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू