‘खलनायक’ को रिमेकका लागि टाइगरलाई फकाउँदै संजय दत्त

बलिउड अभिनेता संजय दत्त यतिबेला अभिनयका साथसाथै चलचित्र निर्माणमा पनि सक्रिय छन्।

उनी सन् १९९३ मा पदर्शनमा आएको बलिउड चलचित्र ‘खलनायक’को रिमेक निर्माण गर्दैछन्। जसमा मुख्य भूमिकाका लागि उनी हालका व्यस्त नायक टाइगर श्राफलाई लिन चाहन्छन्।

विज्ञापन

तर टाइगरले भने यस चलचित्रको हिस्सा बन्नुअघि सोच्नका लागि समय मागेको बताइएको छ। उक्त चलचित्रको रिमेकका लागि संजयले सुभास घईबाट चलचित्रकाे राइट्स पनि पाइसकेको बताइएको छ।

यद्यपि टाइगरका निकटवर्तीहरुका अनुसार टाइगर यतिबेला नेगेटिभ रोल गर्ने रिस्क लिन चाहँदैनन्।

टाइगर भन्छन्,‘सन्जु सरसँग यस विषयमा मेरो कुरा भएको छ। म उहाँकाे ठूलाे फ्यान हुँ। उनीसँग काम गर्न चाहन्छु तर अहिले नै कन्फर्म भएको छैन। दर्शकको चाहनालाई ख्याल राख्नु पनि जरुरी हुन्छ।’

यदी टाइगर नेगेटिभ रोलका लागि तयार भएनन् भने संजय उनलाई आफ्नो अर्को कुनै चलचित्रका लागि लिन चाहन्छन्।

टाइगर यतिबेला हलिउड चलचित्र ‘रेम्बो’को रिमेकमा काम गरिरहेका छन्। जुन सन् २०२० मा प्रदर्शनमा आउनेछ।

टाइगर र ऋतिका रोशनको अभिनय रहेको चलचित्र ‘वार’ यतिबेला प्रदर्शन भइरहेको छ। बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। चलचित्रले भारतमा मात्रै तीन दिनमा १०० करोडको व्यापार गरिसकेको छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्