दुर्घटनामा वृद्धाको मृत्यु

सांकेतिक तस्बिर ।

सप्तरी– फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

विज्ञापन

कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स १ च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्