फोटो फिचर

टुँडिखेलमा सेनाद्वारा भव्य रुपमा फूलपाति बढाईँ

फूलपाति बढाईँका अवसरमा परेड गर्दै नेपाली सेनाको टुकडी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडाैँ– बडा दसैँको सातौँ दिन शनिबार नेपाली सेनाले फूलपाति बढाईँ गरेको छ। सेनाले टुँडिखेलमा फूलापाति बढाईँका लागि विशेष कार्यक्रम गरेको हो।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, उच्चपदस्थ व्यक्ति, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीसहितको उपस्थितिमा फूलपाति बढाईँ भएको हो।

विज्ञापन

सेनाका विभिन्न टुकडीले सैन्यसहितका विविध कला प्रस्तुत गरेर बढाईँ गरेका हुन्। यस्तै आतिसबाजीसहित सेनाले फूलपाति बढाईँ गरेको हो। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले फूलपाति बढाईँको रौनकलाई तस्बिरमा समेटेकी छन्।

 

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू