रोहित शर्माले बनाए एकै टेस्टमा सबैभन्दा बढी छक्काको कीर्तिमान

पछिल्ला केही टेस्ट क्रिकेटमा खासै राम्रो प्रदर्शन गर्न नसक्दा आलोचनाको सामना गरिरहेका भारतीय क्रिकेटर रोहित शर्मा लयमा फर्किएका छन् । दक्षिण अफ्रिकासँग विशाखापट्नममा भएको टेस्ट क्रिकेटको दुवै पारीमा उनले शतक प्रहार गरेका छन् ।

पहिलो पारीमा १७६ रन बनाएका उनले दोस्रो पारीमा १२७ रन बनाएका हुन् । टेस्ट क्रिकेटमा उनले हालसम्म पाँचपटक शतक प्रहार गरेका छन् ।

विज्ञापन

पहिलो पारीमा ६ छक्का प्रहार गरेका उनले दोस्रो पारीमा सात छक्का प्रहार गरेका हुन् । उनले एकै टेस्टमा १२ छक्का प्रहार गरेर १९ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । सन् १९९६ मा वसिम अकरमले एक टेस्टमा १२ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए ।

सन् २०१५ अजिन्क्या रहाणेले एकै टेस्टमा दुई शतक प्रहार गरेपछि रोहित पहिलो भारतीय हुन् यस्तो उपलब्धी हाँसिल गर्ने । रहाणे भन्दा पहिले विजय हजारे, सुनील गावस्कर (तीन पटक), राहुल द्रविड (दुई पटक) र विराट कोहलीले पनि एकै टेस्टमा दुई शतक प्रहार गरेका थिए ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्