गोरखाबाट ल्याएको फूलपाति हनुमानढोका दसैँघरमा विधिपूर्वक भित्र्याइयो

हनुमानढोका स्थित दसैँघरमा विशेष विधिपूर्वक बडादसैँको सातौँ दिन शनिबार फूलपाति भित्र्याइएको छ । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – बडादसैँको सातौँ दिन शनिबार काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाति भित्र्याइएको छ ।

गोरखाबाट ल्याइएको फूलपाति हर्षोउल्लासका साथ विधिपूर्वक दसैँ घरमा भित्र्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाईँ गरेका थिए ।

विज्ञापन

हनुमानढोका स्थित दसैँघरमा विशेष विधिपूर्वक बडादसैँको सातौँ दिन शनिबार फूलपाति भित्र्याइएको छ । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

परापूर्वकालदेखि नै काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाति भित्र्याउने गरिन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि विजय हाँसिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाति ल्याउने प्रचलन सुरु भएको हो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैँघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाति ल्याउने प्रचलन छ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्