‘सुपर ३०’ र ‘वार’ को सफलताबाट सन्तुष्ट छैनन् ऋतिक, भन्छन्, ‘सर्वोत्कृष्ट आउन अझै बाँकी छ’

बलिउड अभिनेता ऋतिक रोशन यतिबेला चर्चामा छन्। ऋतिक र टाइगर श्राफको मुख्य अभिनय रहेका चलचित्र ‘वार’ले यतिबेला बक्सअफिसमा तहल्का मच्चाएको छ।

बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रले भारतमा मात्रै तीन दिनमा १०० करोडको व्यापार गरिसकेको छ।

यस्तै केही महिनाअघि प्रदर्शन भएको ऋतिकको चलचित्र ‘सुपर ३०’ पनि बक्सअफिसमा सुपरहिट भएको थियो।

लगातार आफ्ना दुई चलचित्र सफल भए पनि ऋतिकले भने आफू खुशी लागेकाे तरअझै सन्तुष्ट नभएको बताएका छन्। उनले भनेका छन्, ‘सुपर ३० र वारबाट सन्तुष्ट छैन, अझै सर्वोत्कृष्ट आउन बाँकी नै छ।’

उनले भनेका छन्, ‘म भाग्यमानी थिएँ किनकी मसँग यस्ता चलचित्र थिए, जसले मलाई सशक्त बनाए। मैल यी दुई चलचित्रबाट दर्शकको धेरै माया पाएँ। मैले यो सफलताबाट अत्यधिक प्रेरित भएको महशुस गरेको छु। मेरो सफलताको लागि यो महत्वपूर्ण छ।’

४५ वर्षीय ऋतिकले ‘सुपर ३०’ र ‘वार’मा गरेको उत्कृष्ट अभिनयका लागि उनकाे प्रसंशा भइरहको छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्