सेल्फी खिच्ने क्रममा तमोर नदीमा खसेर युवती बेपत्ता

मोरङ – धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा खसेर एक युवती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

शनिबार अपरान्ह करिब सवा ३ बजे धनकुटा नगरपालिका–७ धनकुटा बजारकी २२ वर्षीया सुजना कटवाल नदीमा खसेर बेपत्ता भएकी हुन्।

विज्ञापन

नदी छेउमा रहेको तमोर होटल नजिकबाट सेल्फी खिच्ने क्रममा कटवाल नदीमा खसेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनकुटा बजारबाट कटवाल केही साथीहरुसँग घुम्ने क्रममा मुलघाट पुगेकी थिइन्।

सोही क्रममा सबै साथीहरु मिलेर फोटो खिचिरहँदा सो घटना भएको हो। घटना भएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मुलघाटबाट प्रहरी घटनास्थल पुगेका थिए।

उद्धारमा खटिएका प्रहरीका अनुसार बेलुकासम्म बेपत्ता कटवालको अवस्था बेपत्ता रहेको छ। प्रहरीले खोजी जारी राखेको जनाएको छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्