न्यायाधीशले फैसला सुनाए र अदालत भित्रै आफैमाथि गोली हाने

थाइल्याण्डमा एक न्यायाधीशले अदालत भित्रै आफैलाई गोली हानेका छन् । देशको न्यायीक प्रणालीको गम्भीर आलोचना गरेर कानाकोर्न पिन्चाना नाम गरेका ती न्यायाधीशले गोली हानेका हुन् ।

न्यायाधीश पिन्चानाले शुक्रबार हत्या आरोप लागेका पाँचजना मुस्लिम व्यक्तिलाई रिहा गरेका थिए । त्यस क्रममा उनले निष्पक्ष न्यायका लागि जोड दिएका थिए ।

फैसला सुनाएपछि उनले न्यायीक शपथ पढे । पेस्तोल निकाले र आफ्नै छातिमा गोली प्रहार गरे । तर उनको निधन भएन, उनलाई तत्कालै अस्पताल लगियो । उनको हाल उपचार भइरहेको छ ।

उनले फैसला सुनाउनु पूर्व लेखेको वक्तव्यमा मुद्दामा दिइएको दबाबका कारण आत्महत्याको निर्णयमा पुगेको उल्लेख छ ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्