बसको ठक्करबाट बालिकाको मृत्यु

सांकेतिक तस्बिर ।

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा आज अपराह्न यात्रुबसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

काठमाडौँबाट नवलपुरतर्फ जाँदै गरेको बा २ ख ६५८५ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा चौतारा साँगाचोकगढी नगरपालिका–५ का हेमबहादुर घलेको तीन वर्षीया छोरी प्रेरणा घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

विज्ञापन

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्