काठमाडौँ  – बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

पीडित भनिएकी महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको हो।

‘सम्भवत केही समयभित्र उहाँ पक्राउ पर्नु हुनेछ’, प्रहरी स्रोतले भन्यो।  ‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी प्रहरीको छ। पक्राउ पुर्जी अदालतले जारी गर्छ। कसैलाई तत्कालै पक्राउ गर्नु्परे प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पछि अदालतबाट पक्राउ पुर्जी लिने गर्छ।

तर अदालत हाल बन्द रहेकाले म्याद थप लगायतका काम दसैँपछि मात्र हुने छ। प्रहरीले अदालतलाई जानकारी नदिई पनि २४ घन्टासम्म हिरासतमा राख्न सक्छ। तर २४ घन्टाभन्दा बढी समयका लागि हिरासतमा राख्न अदालतको म्याद अनिवार्य हुन्छ।

संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले गत आइतबार कोठामै आएर महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएपछि त्यसको पर्सीपल्ट महराले सभामुखबाट राजीनामा दिएका थिए।

असोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्