राष्ट्रपति सी आउँदासम्म तीनकुने पार्कलाई ढकमक्क बनाउन ओलीको आदेश

तस्बिर: बर्षा शाह/देस सञ्चार

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी जिनपिङको एकदिने नेपाल यात्रामा राजधानी काठमाडौँलाई सुन्दर रुपमा प्रस्तुत गर्न प्रधानमन्त्री केपी ओली स्वयं लागि परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी बस्ने होटलको बाटोमा पर्ने तीनकुनेको खाली जग्गालाई पूर्णरुपमा निर्मित पार्कको रुपमा विकसित गर्न र त्यहाँ फूल र हरिया झाडी बनाउने कार्य प्रधानमन्त्री ओलीको आदेशमा युद्धस्तरमा भैरहेको छ।

विज्ञापन

४८ रोपनी क्षेत्रफलमा फैलिएको त्यो चउरलाई १० दिनभित्र सुन्दर पार्कका रुपमा निर्माण र व्यवस्थित गर्ने आदेशका साथ त्यसको संयोजनको जिम्मा काठमाडौँ नगरपालिका कार्यकारी प्रमुख केदार न्यौपानेलाई दिइएको प्रधानमन्त्री कार्यलय श्रोतले बतायो।

सी आउन एक साता मात्र बाँकी रहँदा प्रधानमन्त्रीले तोकेको भाखाभित्र पार्क निर्माण सम्पन्न गर्न र त्यसमा वृक्ष/फूलहरु लगाउन आफू प्रतिवद्ध रहकेको उक्त विशेष परियोजनामा संलग्न एक अधिकृतले बताए।

सबै तस्बिरहरुः बर्षा शाह/देश सञ्चार

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्