सोलुखुम्बुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर – सोलुखुम्बुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  सोलु सल्लेरीबाट नेचातर्फ गइरहेको जिप दुधकुण्ड बरडाँडास्थित सडकबाट खस्दाँ अन्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकदेखि तल अर्को टाटा सुमोमाथि खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपका चालक सोलु नेचाका २१ वर्षीय लेखबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको थियो।

घटनामा सुमोका चालक पासाङकाजी शेर्पासहित मोहन बस्नेत, रिया बस्नेत, रियाज बस्नेत, रुपा बस्नेत, रमना राई, गीता बस्नेत, आयुष बस्नेत र गजेन्द्र लामा सामान्य घाइते भएका छन्।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्