दसैंको शुभकामना आदान–प्रदानका लागि प्रधानमन्त्री ओली झापा आउने

फाइल तस्बिर

झापा– गृह जिल्लाबासी माझ दसैंको शुभकामना आदान प्रदानका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार झापा आउँदैछन्।

बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेर दसैं, तिहार, छठ लगायत पर्वहरुको शुभकामना आदान प्रदानका लागि प्रधानमन्त्री ओली झापा आउने भएका हुन्।

विज्ञापन

उनकै गृहनगर दमकमा हुने कार्यक्रममा उपस्थित भइदिन नेपाल कम्युनिस्ट पार्टी नेकपा झापाले जिल्लाबासीलाई आग्रह गरेको छ।

प्रधानमन्त्री ओली सोमबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्