दीपिकालाई मन परेको अनुष्काको यो अवतार

अनुष्का शर्मा हिजोआज ठूलो पर्दामा देखिएकी छैनन्। यस्तै उनले आफ्नो फ्यानको लागि नयाँ तस्बिरहरु सार्वजनिक पनि गरेकी छैनन्।

‘जेरो’ की अभिनेत्रीले अरुबेला आफ्ना फ्यानसँग सुन्दर तस्बिरसँग जोडिने गरेकी थिइन्। शर्माले फेरी आफ्ना फ्यानलाई परीअवतारको तस्बिर सार्वजनिक गरेकी छन्।

उनको यो सुन्दर तस्बिर धेरै रुचाइएको छ। सेतो ‘अफ– सोल्जर’ कपडामा उनको छोटो कपाल अनि श्रृंगार पनि असाध्यै सुहाएको छ। यो तस्बिरमा एकदमै सकारात्मक प्रतिक्रियाहरु आइरहेको छ।

यस्तै अभिनेत्री दीपिका पादूकोण र जरिन खानले पनि तस्बिरमा प्रतिक्रिया जनाएका छन्। उनीहरुले तस्बिरमा ‘लभ इमोजी’ कमेन्ट गरेका छन्।

 

View this post on Instagram

 

A post shared by AnushkaSharma1588 (@anushkasharma) on


कामको बारेमा कुरा गर्ने हो भने अनुष्का शाहरुख खानसँग ‘जेरो’ चलचित्रमा देखिएकी थिइन्। अब उनी अर्को चलचित्र ‘कोप’ मा देखिँदैछिन्।

 

View this post on Instagram

 

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्