प्रहरीले यसरी लग्यो महरालाई

प्रहरीले पक्राउ गरी कृष्णबहादुर महरालाई गाडीमा लगेको हो । तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ – बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट प्रहरीले उनलाई रातो रंगको गाडीमा राखेर लगेको हो।

उनलाई बा १८ च ४०० नम्बरको गाडीमा राखेर बेलुका सवा ६ बजे लगेको हो। उनलाई पक्राउ गर्नुपूर्व निवासमै नियन्त्रणमा राखिएको थियो। पक्राउ गर्नुपूर्व सभामुख निवासमा प्रहरीको तैनाथी बढाइएको थियो।

विज्ञापन

प्रहरीले पक्राउ गरी कृष्णबहादुर महरालाई गाडीमा लगेको हो । तस्बिर: बर्षा शाह/देश सञ्चार

ढाका टोपी लगाएका महराले सेतो रंगको सर्टमाथि हाफकोट लगाएका छन्। उनी गाडीको पछाडिको सिटमा बसेका थिए। बलात्कार आरोपपछि सभामुखबाट उनले राजीनामा दिएका थिए।

महरालाई पक्राउ गर्नका लागि आइतबार अपराहन्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। त्यसलगत्तै प्रहरीले महरालाई उनकै निवासमा नियन्त्रणमा राखेको थियाे।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू