पक्राउ परेसँगै महराको सांसद पद स्वतः निलम्बित

कृष्णबहादुर महरा/फाइल तस्बिर।

काठमाडौँ– करणी उद्योगको आरोपमा पक्राउ परेका कृष्णबहादुर महराको सांसद पद तत्कालका लागि स्वतः निलम्बनको अवस्थामा पुगेको छ।

प्रचलित कानून अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बनको अवस्थामा जान्छ। अर्थात सांसद पद रहे पनि त्यसबापतको सेवा सुविधा दिइँदैन। तर आरोप प्रमाणित भएमा अर्थात दोषी ठहर भएमा सांसद पद स्वत जान्छ वा महरा सांसद रहँदैनन्।

विज्ञापन

महान्यायाधीवक्ताको कार्यालयका सरकारी वकिलले देश सञ्चारसँग भने, ‘सभामुख बन्नका लागि पहिले सांसद बन्नु पर्छ। सांसदका रुपमा निर्वाचित भएर आएको व्यक्ति मध्येबाट नै सभामुख चयन हुने कानूनी प्रावधान छ। कृष्णबहादुर महरा पनि सोही आधारमा सभामुख बन्नु भएको हो।’

उनले अघि भने, ‘उहाँले गएको मंगलबार सभामुखबाट राजीनामा दिएसँगै सांसद पद पनि स्वतः नरहेको बुझ्नु पर्छ। किनकी सांसदपछि मात्रै उहाँ सभामुख बन्नु भएको हो। सभामुख पद नै नरहेपछि त्यसको आधारको रुपमा रहेको सांसद पद पनि रहँदैन। हामीले कानूनी रुपमा बुझ्नु पर्ने यहि हो।’

तर सभामुख र सांसदले राजीनामा दिने प्रक्रियामा भने भिन्नता छ। सभामुखले उपसभामुख समक्ष राजीनामा बुझाउनु पर्छ। सांसदले भने सभामुखलाई सम्बोधन गरेर राजीनामा बुझाउनु पर्छ।

महरा आफै सभामुख रहेको र त्यसबाट राजीनामा दिँदा उनले उपसभामुखलाई सम्बोधन गरे। उनले सांसद पदबाट पनि राजीनामा बुझाउने भए सभामुखको जिम्मेवारी सम्हालेको व्यक्ति अर्थात उपसभामुख समक्ष नै पेश गर्नु पर्ने हुन्छ।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू