काठमाडौँ – महाअष्टमीको शुभ दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरेकी हुन् । उहाँले सम्बन्धित मन्दिरका पुजारीबाट फूलप्रसाद एवम् टीका ग्रहण गरिन् ।

महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवीभगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।