भिखारीको अकाउन्टमा यति धेरै पैसा, चेक साट्दा रित्तो भयो बैंक

सडक किनारमा अथवा कुनै अस्पताल, स्कूल तथा अन्य स्टेशन नजिक बसेका भिखारीलाई हामी केही पैसा दिन्छौँ । कहिलेकाहीँ भिखारीको हुलिया देखेर हामी अनुमान गर्न सक्दैनौँ कि उनीहरुसँग कति पैसा होला ?

यस्तै एक घटना सार्वजनिक भएको छ जहाँ भिख माग्ने महिलाको बैंक अकाउन्टमा यति धेरै पैसा देखियो कि बैंकले चेक नै साट्न सकेन ।

विज्ञापन

उनको खातामा झण्डै १० करोड रकम भएको खुलासा भयो । यो खुलासा भएपछि ति महिला र उनले भिख माग्ने ठाउँमा यो चर्चाको विषय बनेको छ । यो घटनाको खुलासा पनि रोचक ढंगबाट भयो ।

यो घटना लेबनानको सीदोन शहरको हो । जहाँको एक प्रशिद्ध अस्पतालबो बाहिर वाफा मोहम्मद नाम गरेकी महिला १० वर्षदेखि दिनभर भिख माग्थिन् । कसैलाई अनुमान थिएन कि उनको खातामा यति धेरै रकम होला ।

प्राप्त रिपोर्ट अनुसार वाफा मोहम्मद आफनो पैसा अर्काे बैंकमा ट्रान्सफर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको समस्या भयो । घटनापछि सामाजिक सञ्जालमा दुईवटा चेक भाइरल भएका छन् ।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्