महराको स्वास्थ्य परीक्षणः स्वासप्रस्वासमा समस्या, हिरासतमै अक्सिजन

तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ – बलात्कार प्रयासको अभियोगमा सभामुख निवासबाटै पक्राउ गरिएका कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या देखिएको हो ।

महराको आइतबार राति स्वास्थ्य परीक्षण गरिएको थियो । स्वासप्रस्वासको समस्या देखिएपछि महरालाई हिरासत कक्षमा नै अक्सिजन दिने व्यवस्था मिलाइएको बताइएको छ ।

विज्ञापन

संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार प्रयासमा किटानी जाहेरी दिएपछि महरा पक्राउ परेका हुन् । सरकारी वकिलको कार्यालय बन्द रहेकाले महराको बयान दसैँपछि मात्रै लिइने प्रहरीले जनाएको छ ।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू