राजदेवी मन्दिरमा एकै रातमा झण्डै १५ हजार बोकाको बलि

जनकपुरधम – जनकपुरधामको राजदेवी मन्दिरमा एकैरातमा झण्डै १५ हजार बोकाको बलि दिइएको छ । जम्मा १४ हजार ६ सय ३३ बोकाको बलि दिइएको मन्दिरले जनाएको छ। अघिल्लो वर्ष १४ हजार ९ सय ९७ बोकाको बलि दिइएको थियो ।

राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राती बोकाबलि हुने गरेको छ । आइतबार साँझ आठ बजे शुरु भएको बोकाबलि बिहान करिब साढे तीन बजेसम्म चलेको थियो ।

आइतबार राती भएको बोकाबलिा लागि श्रद्धालुहरु बिहानैबाट लाइन लागेका थिए । राजदेवी मन्दिरमा बोकाबलीका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाका साथै सिमापारी भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन् ।

राजदेवी मन्दिरमा बोकाबली गरेपछि मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

असोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्