विराटनगरको काली मन्दिरमा श्रद्धालुको घुइँचो

विराटनगर – हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको नवौँ दिन श्रद्धालुद्वारा शक्तिपीठमा पूजा अर्चना गर्ने क्रम जारी रहेको छ।

सोही क्रममा विराटनगरको ऐतिहासिक काली मन्दिरमा पनि श्रद्धालुको बिहानदेखि भीड रहेको छ। विराटनगर महानगरपालिकाको मुख्य बजारमा रहेको यस काली मन्दिरमा पूजा तथा दर्शनका लागि घटस्थापना सुरु भएसँगै श्रद्धालु भक्तजनहरुको भीड हुने गरेको छ।

विज्ञापन

मन्दिरमा घटस्थापनामा जमरा राख्ने र टीकाको दिन बिहानबाटै सर्वसाधारणलाई वितरण गरिन्छ। त्यसैगरि, यसमन्दिरमा दसैँका क्रममा काली मातालाई पशुबलि चढाइने गरिन्छ। दसैँका क्रममा यस मन्दिरमा मुख्यतः यसै समय अत्याधिक चहलपहल हुने गरेको छ।

कार्य सिलसिलाका क्रममा विराटनगर बाहिर रहेकाहरु दसैँंका क्रममा घर आउदाँ यस मन्दिर पुग्ने गरेका छन्। मन्दिरमा विशेषः बिहान र बेलुका अत्याधिक चहलपहल हुने गरेको छ।

रंगेलीबाट सदरमुकाम सारिएको समय अघिदेखि १९६० सालतिर नै कालीमन्दिरको स्थापना भएको मानिन्छ। दुइतल्लाको मन्दिरमा कालीको मुर्ति भने माथिल्लो तल्लामा राखिएको छ।

सोही क्रममा काली मन्दिरबाट रंगेलीको काली मन्दिरसम्म करिब २३ किलोमिटर दूरीको तेश्रो निशान यात्रा गरिएको थियो। यसका लागि विराटनगर मन्दिरमा महानगरपालिकाका मेयर भीम पराजुली, उप मेयर इन्दिरा कार्की, रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाको समेत उपस्थिति रहेको थियो।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्