फाेटाे फिचर

राेटे पिङ घुम्यो फनफनी…

काठमाडाैँ– पिङसँग जोडिएका धेरै किस्सा र कथाहरु छन्। पहिले पहिले पिङ बनाउनका लागि बर्खा सकिएपछि गाउँका युवायुवती काठ तथा डोरीको जोहो गर्न लाग्थे। गाउँका चौक चौतारीमा पिङ हालिन्थ्यो।

उमेर पुगेका कति युवायुवतिको पिङ बनाउने बहानामा हुने भेटघाटमै माया फस्टाउँथ्यो । पछिल्लो समय यस्तो प्रक्रिया अति कम हुँदै गएको छ। कम नै भए पनि लिङ्गे पिङ गाउँदेखि शहर बजारसम्म देखिन्छ।

विज्ञापन

चर्खे तथा रोटे पिङ भने लगभग लोप नै भइसके। राेटे पिङ अहिले हुर्किरहेका र युवावयमा पुगेकाहरुलाई शायदै जानकारीमा छ। गाउँबाट समेत हराउँदै गएको राेटे पिङ काडमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिपलेमा भने यो दसैँको छेको पारेर हालिएको छ।

गाउँका अगुवाहरुले काठको जोहो गरेर राेटे पिङ हालेका हुन् । राेटे पिङमा रमाउन गाउँका बालबालिकादेखि युवायुवती र पाका उमेरकाहरु पनि पुग्ने गरेका छन्।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले लगभग हराएको राेटे पिंगमा रमाउँदै गरेकाहरुको उत्साह केही तस्बिरमा समेटेकी छन्।

 

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू