डडेलधुराबाट चरेससहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

धनगढी– लागुऔषध चरेससहित प्रहरीले डडेलधुराबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा डडेलधुराकै अमरगढी नगरपालिका–७ भाटगाउँका २६ वर्षे शेरबहादुर भण्डारी र अमरगढी नगरपालिका– ६ भालुमारेका ३८ वर्षे बिरबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

विज्ञापन

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्