कुटपिटबाट एक जनाको मृत्यु

दाङ– कुटपिटबाट दाङमा एक जनाको मृत्यु भएको छ। आपसी विवाद हुँदा कुटपिटबाट एक युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

कुटपिटमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेकाे छ।

विज्ञापन

सोमवार दिउँसो करिब पौने १ बजे दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ शुष्मारोड बस्ने ३२ वर्षका ईन्द्रबहादुर रावतलाई घोराही ५ बसन्तापुर निवासी १९ वर्षका राजकुमार केसीले बाँसको चिरपटले हान्दा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।

मादकपदार्थ सेवन गरी दुई जनाबीच विवाद भएको र एक आआपसमा विवाद हुँदा केसीले रावतलाई टाउकोमा हानेको र रावतको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए।

शव पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ। कुटपिट गर्ने केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे शाहले बताए।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू