भारतबाट ल्याइएका अवैध खसी–बाख्रासहित एक जना पक्राउ

वीरगञ्ज– भारतबाट तस्करी गरी ल्याइएका ५० वटा अवैध खसी र बाख्रासहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले राजश्व छलेर अवैध रुपमा भारतबाट ल्याइएका खसी–बाख्रासहित कलैया उपमहानगरपालिका वडा नम्बर ९ बस्ने २५ वर्षीय शेख अफजललाई पक्राउ गरेको हो।

विज्ञापन

साथै खसी तस्करीमा प्रयोग गरिएको बोलेरो पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

कलैया उप महानगरपालिका वडा नम्बर १ भरत चोकबाट अफजललाई खसी–बाख्रासहित तस्करीमा प्रयोग गरिएको बा १७ च ५८६५ नम्बरको बोलेरो पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको हो।

नियत्रणमा लिइएको खसी–बाख्राको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको बारा प्रहरीले जनाएको छ।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्