अर्घाखाँची जीप दुर्घटना

दुर्घटनाले लियाे ज्यान, बुवाको हातबाट टीका थाप्ने इच्छा अधुरै

जीप दुर्घटनामा निधन भएका घनश्याम खनाल र उनकी श्रीमती सीमा खनाल।

दाङ– दसैँ मनाउन अर्घाखाँची जाँदै गरेका लमही नगरपालिका वडा नम्बर–५ मिलन टोल निवासी ५१ वर्षीया घनश्याम खनाल र उनकी श्रीमती ४१ वर्षीया सीमा खनालको जीप दुर्घटनामा मृत्यु भएपछि दाङको लमही शोकमा डुबेको छ।

अर्घाखाँची ढाकाबाङ्गमा रहेका बुवाको हातबाट टीका थाप्न जाने क्रममा उनीहरु सवार जीप दुर्घटनामा परेको हो। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियाे।

विज्ञापन

दुर्घटनाबाट आफूहरु शोकमा डुबेको मृतकका आफन्त लिलाराम खनालले बताए। उनले भने, ‘भारतबाट २–३ महिना भएको थियो घर आएको। दसैँमा बुवाको हातबाट टीका थाप्न, आशिर्वाद लिन जान खोज्दा यस्तो भयो।’

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्कका लागि हिँडेकाे लंका यातायात प्रालिको लु १ ज ४३२९ न को जीप सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६ रातामाटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जिप सडकबाट ३ सय मिटर तल खसेको थियाे।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्