आज पनि वर्षाको सम्भावना

काठमाडौँ- देशभर मंगलबारको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विज्ञापन

आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्