टोटह्यामका गोलरक्षक यो वर्षभर मैदानबाहिर रहने

इंग्लिस क्लब टोटनह्यामका कप्तान तथा गोलरक्षक ह्युगो लोरिस यो वर्ष (२०१९) मैदान बाहिर रहने भएका छन्।
प्रिमियर लिग फुटबल अन्तर्गत गएको शनिबार राति भएको खेलमा गोलरक्षक लोरिस सुरुमै चोटग्रस्त भएका थिए । उनको कुहिनामा चोट लागेको हो । ब्राइटनसँगको खेलमा सुरुको तेस्रो मिनेटमा नै गोल रोक्ने प्रयासमा लोरिस चोटग्रस्त भएका हुन् ।
उनको कुहिनाको हड्डी मिसप्लेस भएको हो । तर सल्यक्रिया भने गर्नु पर्ने अवस्था आएको छैन । लोरिस चोटग्रस्त भएको खेलमा ब्राइटन ३-० ले पराजित भएको थियो ।
लोरिस आउँदो वर्षको सुरुमा प्रशिक्षणमा फर्किने अपेक्षा छ । लोरिसको लिगामेन्ट पनि ड्यामेज भएको टोटनह्यामले वक्तव्यमा भनेको छ ।