चीनका २८ संस्था अमेरिकाको कालो सूचिमा

अमेरिकाले चीनका २८ वटा संस्थालाई कालो सूचिमा राखेको छ । शिंजियांग प्रान्तका आदीबासी युगुर मुस्लिममाथिको दमनमा संलग्न रहेको आरोपमा अमेरिकाले चिनियाँ संस्थालाई कालो सूचिमा राखेको हो ।

कालो सूूचिमा परेका सबै २८ संस्थाले अमेरिकी राष्ट्रपति कार्यालयको स्वीकृति बिना अमेरिकी कम्पनीबाट सामान खरिद गर्न पाउने छैनन् । कालो सूचिमा परेका संस्था मध्ये निगरानीका लागि चाहिने सामग्री उत्पादन गर्ने विश्वको ठूलो मध्येको एक संस्था पनि छ ।

विज्ञापन

अमेरिकाको निर्णयका सम्बन्धमा चीनले हालसम्म केही प्रतिक्रिया दिएको छैन । चीनले युगुर समुदायका मानिसलाई डिटेन्सन सेन्टरमा राखेको अधिकारवादी संस्थाले बताउने गरेका छन् ।

चीनले भने बिस्तारित नजरबन्ध क्याम्पलाई तालिम केन्द्र भन्ने गरेको छ । र अतिवाद वा आतंकवादबाट जोगिनका लागि प्रशिक्षण दिने गरेको दाबी गर्ने गरेको छ ।

तर अमेरिकाले चीनका २८ संस्थामाथि युगुर समुदायलाई चीनले गरेको दमनमा साथ थिएको आरोप लगाउँदै कालो सूचिमा राखेको हो ।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्