प्रधानमन्त्रीले पाँच घण्टासम्म टीका लगाइदिने, यस्तो छ तालिका

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओेलीले आज पाँच घण्टासम्म शीर्ष नेता, मन्त्री, सांसद, विशिष्ट कर्मचारी तथा कार्यकर्तालाई टीका लगाइदिने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सुरुमा प्रधानमन्त्री ओलीले आफ्ना पिताबाट टीकाजमरा ग्रहण गर्नेछन् ।

त्यसपछि ओलीले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिने कार्यतालिका रहेको छ ।

विज्ञापन

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्