क्यामेरामा रेकर्ड भएको लाइभ मृत्यु

भनिन्छ जीवन एक रंगमञ्च हो र हामी सबै कलाकार अनि यसको निर्देशन माथिबाटै हुन्छ । गुजरातबाट राजस्थानको माउन्ट आबू घुम्न पुगेका जगदीशको जीवनमा यो भनाइले मेल खाएको छ ।

साथिहरुसँग हाँस्दै रमाउँदै गरेका जगदीशले केही क्षणमै सबैलाई अलबिदा गरे र उनको यो अन्तिम पल मोबाइल क्यामेरामा कैद भएको छ ।

‘हामी सूरतबाट ६ जोडी अम्बाजी दर्शन गर्दै आबू आएका थियौँ । यहाँ हामीसँग घुम्नका लागि दुई दिनको समय थियो । हामी साँझ साढे पाँच बजे होटलमा पुगेका थियौँ । खाजा खायौँ र फ्रेश भएर साँझको खाना खान निस्क्यौँ । होटलमा गरबा (नवरात्रका बेला गरिने एक नृत्य)को इभेन्ट थियो । त्यहाँ सबै जना गरबा गरिरहेका थिए । केही मानिसहरु बसिरहेका थिए । एक्कासी हाम्रो साथि ढल्यो । उसको मुखबाट रगत निस्क्यो । उसलाई हामीले ग्लोबल अस्पताल लग्यौँ । डाक्टरले मृत घोषणा गरे’, मृतक जगदीशका साथि योगेशले रुँदै भने ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ ।

असोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्