देउरानीको हत्या गरेर आफ्नै शरीरमा पनि छुरा रोपिन् जेठानीले

सांकेतिक तस्बिर

जनकपुरधाम – घरायसी विवादको कारण धनुषामा एक महिलाले देउरानीको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

औरही गाउँपालिका १ झिटकैयामा २६ वर्षीय सुनौल खातुनले २२ वर्षीया देउरानीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन

सोमबार साँझ घरायसी विवादका क्रममा यो हत्या भएको हो ।

देउरानीको हत्या गरेपछि सुनौलले आफ्नो शरीरमा पनि छुरा रोपेकी छन् । घाइते उनको उपचार भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्