सलमान खानको ‘दबंग–३’को शुटिङ सकियो

एजेन्सी– बलिउड सुपरस्टार सलमान खानको आगामी चलचित्र ‘दबंग–३’ को शुटिङ सकिएको छ।

सलमानले ट्वीटरमा ‘दबंग–३’ को शुटिङ सकिएको जानकारी दिँदै दिवंगत अभिनेता विनोद खन्नाप्रति श्रद्धाञ्जली दिएका छन्।

विज्ञापन

यसअघि विनोद खन्नाले ‘दबंग’ र ‘दबंग–२’ मा सलमानका बुवाको भूमिका निभाएका थिए। खन्नाको सन् २०१७ अप्रिल २७ मा निधन भएको थियो।

आइतबार (अक्टोबर ६) विनोद खन्नाको ७३ औँ जन्मजयन्तीका दिन चलचित्रको शुटिङ सकिएको हो। सलमानले ट्वीटरमा एउटा भिडियो पोष्ट गरेका छन्। जसमा सलमानले विनोद खन्नाको जन्मदिनको दिन ‘दबंग–३’ को शुटिङ सकिएकोप्रति खुशी व्यक्त गरेका छन्।

‘दबंग–३’ मा सलमानका पिताको रोलमा विनोद खन्नाका भाइ प्रमोद खन्ना रहेको पनि सलमानले जानकारी दिएका छन्।

प्रमुदेवाको निर्देशनमा बनेका चलचित्र आगामी डिसेम्बर २० मा रिलिज हुनेछ। चलत्रिलमा सलमानका साथै सोनाक्षी सिन्हा, प्रमोद खन्ना, सई मान्जरेकर, सुदीप, अरवाज खान, माहि गिल लगायतको मुख्य भूमिका रहेको छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्