राष्ट्रपति र प्रधानमन्त्रीकहाँ टीका ग्रहण : नेकपाका शीर्ष तीन नेता गएनन्

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्दै/तस्बिर: रासस

काठमाडौँ– हिन्दुहरुको महान् चाड बडादसैँको दशौँ दिन मंगलबार राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली टिका लगाई दिन व्यस्त रहे। राजनीतिक दलका नेता, सरकारी अधिकारीहरु दुवै ठाउँमा टिका ग्रहण गर्न पुगेका थिए।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सञ्चार मन्त्री गाेकुल बास्काेटा लगायत सुरक्षा निकायका प्रमुखहरुलाई समेत टीका लगाइदिए। त्यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग टिका ग्रहण गरेका थिए।

विज्ञापन

तर सत्तारुढ दलका शीर्ष तीन नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र माधव कुमार नेपाल भने राष्ट्रपति र प्रधानमन्त्रीसँग टिका ग्रहण गर्न पुगेनन्।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू