जनकपुरबाट राजविराजका लागि छुटेकाे बस दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम– जनकपुरधामबाट राजविराजका लागि छुटेको बस पल्टिँदा १५ जना घाइते भएका छन्।

मंगलबार धनुषाको जनकपुरधामबाट सप्तरीको राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा पल्टिँदा १५ जना घाईते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

विज्ञापन

घाइते हुनेमा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको धनुषाका प्रहरी उपरीक्षक खनालले बताए।

घाइते भएका सबै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएकाे छ।

 


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्