कैदीबन्दीलाई कारागारमै टीका र जमरा

धुलिखेलस्थित जिल्ला कारागारमा कैदीबन्दीहरुलाई परिवार/आफन्तबाट मङगलबार टीका र जमरा लगाइँदै।तस्बिरः रासस

बनेपा– जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुले कारागारमै टीका र जमरा लगाइदिएका छन्।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो।

उनीहरुका आफन्तले मंगलबार टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए।कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दसैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए।

जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले बताए।

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन्।

असोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्