ऋतिक र टाइगरको ‘वार’ २०० करोड नजिक

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेका चलचित्र ‘वार’ले बक्सअफिसमा आक्रमक व्यापार गरिरहेको छ। चलचित्रको व्यापार २०० करोडको नजिक पुगेको छ।

बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वार’ले ६ दिनमा १८७ करोड ७५ लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

चलचित्रको हिन्दी भर्सनले मात्र ६ दिनमा १ सय ८० करोड ३० लाख बराबरको व्यापार गरेको छ। तमिल र तेलगु भाषाको गरेर चलचित्रले १ सय ८७ करोड ७५ करोडको व्यपार गरेको हो। तरण आदर्शका अनुसार चलचित्रले सातौँ दिन २०० करोडको व्यापार पुरा गर्नेछ।

सन् २०१९ मा प्रदर्शनमा आएका चलचित्र मध्य शाहिद कपूरको ‘कबिर सिंह’ले १३ दिनमा दुई सय करोडको व्यापार पुरा गरेको थियो।

यस्तै सलमान खानको ‘भारत’ले १४ दिन, विक्की कौशलको ‘उरी’ले २९ दिन र अक्षय कुमारको ‘मिसन मंगल’ले २९ दिनमा दुई सय करोडको व्यपार पुरा गरेको तरणले जानकारी दिएका छन्।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा ऋतिक र टाइगरका साथै अभिनेत्री वाणी कपुरको पनि अभिनय रहेको छ। चलचित्र यशराज फिल्मको व्यानरमा बनेको हो।

चलचित्रलाई समीक्षकहरुले उत्कृष्ट भएको बताएका छन्। चलचित्रको एक्सन मात्रै नभएर कथावस्तु र निर्देशकीय क्षमताको तारिफ गरिएको छ।

असोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्